नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने प्रधानसेनापति शर्माको प्रष्टोक्ति

काठमाडौं, ३ असार :

प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग स्टेट पार्टसिप प्राेगाम (एसपीसी) अन्तर्गत गर्ने भनिएको सम्झौताको डकुमेन्ट सही नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज (शुक्रबार) सहभागी हुँदै उहाँले १० बुँदे सम्झौताको मस्यौदा भनेर जनतालाई भ्रम छर्न खोजिएको बताउनुभयो । एसपीपीको १० बुदे डकुमेन्ट सहि होइन, जनतामा भ्रम पार्न खोजियो शर्माकाे तर्क छ ।

सेनाले सरकार र विज्ञसँग छलफल नगरी केही गर्दैन भन्दै प्रधान सेनापति शर्माले एसपिपीको १० बुँदे डकुमेन्ट कसले किन ल्याएको भन्ने सेनालाई केही थाहा नभएको प्रष्ट पार्नुभयो ।

एसपिपी सेनाका लागि पनि मान्य छैन् भन्दै सरकारी तहबाट आएको पनि छैन कुनै पनि सैन्य गठबन्धनमा जानु हुन्न भन्नेमा सेना स्पष्ट रहेको बताउनुभयो । सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सैनिक तालिमसँग सम्बन्धित नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

भूकम्प लगत्तैको समयमा विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदानको उदेश्यसहित पत्र पठाइएको प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी