१२ असार, चितवन ।
चितवनको भरतपुरमा अवस्थित गुरुकुल कलेज भरतपुर महानगरद्वारा सम्मानित भएको छ । आइतबार सम्पन्न नगर सभामा कलेजलाइ सम्मान गरिएको हो ।
२०५८ सालदेखि निरन्तर रुपमा शैक्षिक कर बुझाउँदै आएको र आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा क्षेत्रमा तोकिएको मूल्याङ्कन आधार अन्तर्गत उत्कृष्ट भई महानगरपालिकाको ११ औँ नगर सभाबाट शिक्षा तर्फको उत्कृष्ट करदाताको रुपमा सम्मान प्राप्त भएको कलेजले जानकारी दिएको छ ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहाल र उप प्रमुख चित्रसेन अधिकारीले कलेजका प्राचार्य टिकाराम चापागाईलाई सम्मान पत्रका साथ दोसल्ला ओढाउनुभएको थियो ।
कार्यक्रममा कलेजका तर्फबाट सहायक प्राचार्य प्रतिक ढकाल, शैक्षिक निर्देशक जे एन लामिछाने, बिज्ञान संकाय प्रमुख हरिहर भुसाल लगाएतको उपस्थिती रहेको थियो ।





