राष्ट्रिय नागरिक पार्टीको चुनावी तयारी तीब्र : समानुपातिकमा जोड

काठमाडौं, १६ भाद्र :

बैकल्पिक राजनितिको अभ्यास गरिरहेको दल राष्ट्रिय नागरिक पार्टीले आसन्न चुनाव लाई केन्द्रित गर्दै तयारी तिब्र पारेको छ ।

पार्टीको केन्द्रिय समिति बैठकपछि हाल बिभिन्न जिल्लाबाट सम्भावित उम्मेदरवारहरुलाई बोलाइ छनोटको क्रममा रहेको पार्टीका केन्द्रिय अध्यक्ष शुक्र बहादुर गुरुङ्गले बताउनु भयो । “चितवन, नवलपुर लगाएत सुदुर पश्चिम का अधिकाङ्स जिल्लामा हाम्रो पकड छ” गुरुङ्गले भन्नुभयो – “यो निर्वाचनलाई उपयोग गर्ने गरी हामीले समानुपातिक तर्फ बढी ध्यान केन्द्रित गरेका छौ ।

अहिले चर्चामा रहेको चितवन क्षेत्र – ३ बाट समेत प्रत्यक्ष तर्फ संघीय संसदमा उम्मेदवारी दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव