चितवन क्षेत्र नं. २ मा संघीय सांसदको उम्मेदवारका लागि काँग्रेसबाट पाँच नेता सिफारिस,को-को परे ?

चितवन,भदौ १९- चितवन क्षेत्र नम्बर २ मा संघिय सांसदको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट पाँच जनाको नाम सिफारिस भएको छ । आवेदनको आधारमा क्षेत्रिय कार्यसमितिले पाँच जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको हो । जसमा राज्यमन्त्री उमेश श्रेष्ठ,निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ,जिल्ला सभापति राजेश्वर खनाल,युवा नेता राजन कार्की र प्रकाश अधिकारी रहेका छन् । यी पाँच नेता मध्येवाट एक जना मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नेछन् । यस्तै चितवन २ बाट समानुपातिकका लागि शान्ति परियार विक,गौरी कुमारी श्रेष्ठ,शालिग्राम शर्मा पौडेल,रामकुमार श्रेष्ठ र पवित्रा केसीको नाम सिफारिस गरिएको क्षेत्रिय सभापति भरत प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव