सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

काठमाडौं, ५ चैत :
सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’