महारानी एलिजाबेथ द्वितीयको निधनपछि बेलायत शोकमा, श्रद्धाञ्जली दिन हजारौँ नागरिक भेला

काठमाडौं, २४ भदौ :

महारानी एलिजाबेथ द्वितीयको निधनपछि बेलायत शोकमा डुबेको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी एलिजाबेथ द्धितीयको ९६ वर्षको उमेरमा निधन भएको हो ।

महारानी एलिजाबेथ द्वितीयको बाल्मोरल दरबारमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । उहाँलाई श्रद्धाञ्जली दिन बकिङ्घम प्यालेस बाहिर हजारौँ नागरिक भेला भएका छन् । उहाँको सम्मानका लागि नागरिकले फूलका गुच्छा राखेका छन् । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

सन् १९२६ अप्रिल २१ मा लण्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बन्नुभएको छ ।

महारानी एलिजाबेथको निधनप्रति विश्वभरबाट शोक व्यक्त गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको शासनकालमा १५ जना प्रधानमन्त्री भएका छन् ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी