पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

२४, भदौ, चितवन
प्रेस चौतारी चितवनले स्थापना गरेको प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले आर्थिक सहयोग गर्नुभएको छ ।
संस्थापक अध्यक्ष सुवेदीले छोरा रजत सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत रू.१०,१५५ पत्रकार कल्याणकारी कोषका लागि सहयोग गर्नुभएको हो । संस्थापक अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वमा जन्मिएको संस्थाले राम्रो कामका लागि चालेको कदममा अरुलाईसमेत प्रेरणा मिलोस् भनेर कोषमा सहयोग गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि कोषलाई थप बलियो बनाउन आफ्नोतर्फबाट सहयोग गर्ने वचन दिनुभएको छ । संस्थापक अध्यक्ष सुवेदीले प्रेस चौतारी चितवनलाई अझै बलियो, सम्वृद्ध र पत्रकारहरुको सुखदुःखको सहयोगी बनाउन संगठनले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संस्थापक अध्यक्षले कोषका लागि गरेको सहयोगले थप हौसला र उर्जा मिलेको बताउँदै चितवनका पत्रकारहरुलाई परेको पिरमर्कामा संगठन साथमा रहने बताउनुभयो ।

अध्यक्ष पण्डितले संस्थापक अध्यक्षसहितको टिमले रोपेको चौतारी रुपी विरुवाको शिलत छहारीमा आफूहरु गोलवन्ध भएर ओत लाग्न पाएको भन्दै संस्थापक अध्यक्षप्रति धन्यवाद दिनुभयो । यहीँ भदौ १२ गतेबाट कोषमा हालसम्म रु.५५,१५५ सहयोग संकलन भैसकेको छ ।

पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितको भनाई छ । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनु पर्नेछ । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव