चितवन शुभलाभ इन्भेष्ट्मेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न

भरतपुर, २५ भाद्र :

चितवन शुभलाभ इन्भेष्टमेन्ट कम्पनी प्रा लि को दोस्रो साधारण सभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । कम्पनिका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सन्चालक सुदिप सिंह अधिकारीले गर्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको सभामा कार्यकारी निर्देशक अमर बहादुर कुवरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

 

संस्थाले शेयर बजार देखि विभिन्न कम्पनीहरुको प्रोमोटोटर शेयर खरिद गरि कारोबार गर्दै आइरहेको छ । साधारण सभाले पुजी बढाउन चाहने सदस्यहरुका लागि असोज महिना सम्मको समय सिमा निर्धारण गरि अवसर खुला गरेको छ ।

कम्पनीले चुक्ता पुजी ५ करोड पुर्याउने लक्ष्य लिएको छ । कम्पनीमा हाल चितवनका विभिन्न पेशा ब्यबसाय गर्ने ४९ जनाको सङ्लग्नता रहेको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव