एएफसी यू–२० एसियन कप छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौं, २५ भाद्र :

बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे हुने खेलमा नेपाल र भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने भुटान पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी