चितवन, २६ भाद्र :
चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
बाघले खाएको अवस्थामा अधिकारीको शवलाई प्रहरीले आज बिहान साढे ८ बजे जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो।





