प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ चितवन संयोजक अधिकारीले गरे आर्थिक सहयोग

चितवन, २६ भाद्र :
प्रेस चौतारी चितवनले जिल्लाका पत्रकारहरुलाई आइपर्ने विभिन्न समस्या वा पीडामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्ने क्रम जारी छ ।

प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ नेपाल चितवन संयोजक शंकर अधिकारीले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ । संयोजक अधिकारीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत कोषलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

अधिकारी प्रेस चौतारी बागमती प्रदेश कमिटीको निवर्तमान सदस्यसमेत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा समेत रुची राख्ने अधिकारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा सबैले सहयोग गरेको रकमबाट थोरै भए पनि राहात पाउने विश्वास लिएको बताउनुभयो । उहाँले आगामी दिनमासमेत सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदै चौतारी चितवनले पत्रकारहरुको पक्षमा गरेको काम उदाहरणीय भएको बताउनुभयो । उहाँले विभिन्न अवसर, समारोह वा विषेश दिनमा सबैले जति सकिन्छ त्यति सहयोग गरेर कोषलाई मजबुद बनाउँदै जाँदा भविश्यमा जो कोही पत्रकारलाई पनि समस्या पर्दा सहयोग गर्न सक्ने बातावरण बन्ने बताउनुभयो ।

सो क्रममा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले युवा संघ नेपाल चितवनका संयोजक अधिकारीले गरेको सहयोगले हौसला र उर्जा थपिएको बताउँदै यसले राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो । पत्रकार कल्याणकारी कोषको कार्यविधी नै बनाएर अगाढि बढेको अध्यक्ष पण्डितको भनाई छ ।

गत भदौ १२ गतेदेखि चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ६५१५५ रकम जम्मा भैसकेको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव