काठमाडौं, २७ भदौ :
नेपाल सरकारले पाकिस्तानमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढी पीडितलाई राहतस्वरुप सरकारले दुई करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय समेत गरेको छ।
भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो।
‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई नेरु २ करोड बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।०५।२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





