भारतसँगका नाका तत्काल बन्द नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं, ९ चैत  :

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै