मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो

मकवानपुर, ४ असोज :

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ। ज्यान गुमाउनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमा बसिरहेको बेला चट्याङ लाग्दा उहाँकाे घटनास्थलमै ज्यान गएकाे हाे । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।-रासस

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव