काठमाडौं, ४ असोज :
सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक स्थगित भएको छ। मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । एकैछिन बैठक बसेपनि विषय प्रवेश नगरिनै बैठक स्थगित गरिएको हो।
आजै बेलुकी ४ बजे पुनः बस्नेगरी बिहानको बैठक स्थगित भएको हो। कार्यदलका एक सदस्यका अनुसार बिहान केहीबेर नेताहरु बैठकमा भेला भएको भएपनि औपचारिक छलफल भने भएन ।
‘बिहान केहीबेर नेताहरु बैठकका लागि जम्मा हुनुभएको थियो। पुनः बेलुकी ४ बजेका लागि बोलाइएको छ।’ सत्तारुढ गठबन्धनमा महिनौंदेखि पटक पटक छलफल हुँदा पनि सिट बाँडफाँटको विषय टुंगिन सकेको छैन।





