पदमपुर, ५ असाेज :
कालिका नगरपालिकाले आफ्नो नगर क्षेत्रमा बजार अनुगमनलाई तिब्रता दिएकाे छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालाेबजार र मूल्यवृद्धिको मध्यनजर गर्दै अनुगमन गरिएको बजार अनुगमन समिति संयाेजक एवम् कालिका नगरपालिका उप प्रमुख विमला तामाङले बताउनुभयो ।
कालिका नगरपालिका वडा नं १ का वडाअध्यक्ष सन्तविर तामाङ, वडा नं २ का वडा अध्यक्ष लक्ष्मण पाैडेल, वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं ७ का वडा अध्यक्ष कमल माेक्तान ,सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, खाद्य प्रविधि प्रमुख घननाथ अधिकारी, महादेव प्रसाद अधिकारी, रन्जु भट्ट, दिपक परियार, शिव प्रसाद पाैडेल, जनस्वास्थ्य अधिकृत दिपक भण्डारी, हरिलाल डाँगी, खेमनन्द भुषाल, शाखा अधिकृत प्रकाश चन्द्र पाैडेल, राजेश काेइराला लगायतको टिम अनुगमनमा गएकाे अधिकृत एवम् उद्योग शाखा सदस्य सचिव राम प्रसाद अधिकारीले बताउनुभयाे । 
अनुगमनको क्रममा म्याम नाघेका सामान समेत फेला परेका थियाे । उक्त सामानलाई जफत गरि कारबाहीको प्रक्रिया बढाइएको छ । नगरपालिकाले व्यवसाय कर दर्ता प्रमाण पत्र नलिएका, घर बहाल कर नतिर्ने व्यवसायीलाई ७ देखि २० दिन सम्म प्रक्रिया पूरा गरि कर बुझाउन समेत निर्देशन दिएकाे अधिकारीले बताउनुभयो ।
साथै धेरैजसो पसलहरुमा मुल्य सूचि नराखिएको भेटिएकाले तत्काल मूल्य सुचि राख्न नगरपालिकाले निर्देशन दिएकाे छ ।





