मेयर कप भलिबल हेर्न सार्वजनिक बिदा

काठमाडौं, ९ असोज :

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज आइतवार सार्वजनिक बिदा दिएको छ ।

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताउनुभयो । नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । प्रतियोगितामा ताप्लेजुङका सबै पालिकाले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ ।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवम् खेल संयोजक क्षितिज सुनुवारले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले दुई लाख ७५ हजार एक सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोस्रो हुनेले एक लाख ४० हजार एक सय र सेमिफाइनलमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरूप ४५ हजार एक सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा