एमाले गएका माडीका दुई नेता माओवादीमै फर्किए

चितवन, १३ असोज :

नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् । उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । नयाँ घर सर्ने क्रममा केही दिन चितवन बसेका प्रचण्डले उनीहरुसँग कुराकानी गरेपछि उनीहरु माओवादीमा फर्किन तयार भएका हुन् ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव