आदर्श माविका भू.पू.विद्यार्थी दवाडीद्वारा डेढलाखको अक्षयकोष स्थापना

भरतपुर,१५ असाेज :

हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका आदर्श मा.वि. दिव्यनगरका पूर्व विद्यार्थी मूक्ति दवाडीले ‘आदर्श शुभ जन्मोत्सव’ अक्षयकोष स्थापना गरी १ लाख ५० हजार रुपैँया सहयोग गर्नु भएको छ ।

शनिबार बिहान भर्चुअल माध्यमद्वारा आयोजित एक कार्यक्रममा उहाँले सो रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । दवाडीले यस अघि १ लाख रुपैंयाबाट अक्षयकोषको सुरुवात गर्नुभएकोमा शनिबार आफ्नो जन्मदिनको अवसरमा ५० हजार थप गर्नुभएको हो ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईंले अक्षयकोषका संस्थापक दवाडीलाई धन्यवाद ज्ञापन गर्दै दवाडीले विगतमा गरेको सहयोग पनि स्मरण गर्नुभयो ।

अक्षयकोष मार्फत प्राप्त रकम विद्यालयका गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुका निम्ति उपयोग गरिने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव