खैरहनी नगरपालिकाद्वारा बैंक तथा वित्तीय संस्थाहरु खाेल्न अाग्रह

खैरहनी, २१ चैत :

खैरहनी नगरपालिकाले लक डाउनकाे अवस्थामा पनि बैंक तथा वित्तीय संस्था खोल्नका लागि आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् ।

ग्राहकको रकम बैंकमा जम्मा रहेको हुँदा दैनिक जीवनयापनमा पैसा निकाली प्रयोग गर्न पाउने वातावरण बनाउन बैंकहरु लाई सूचना जारी गरिएको हो । बैंकमा भुक्तानी लिन आउने सेवाग्राहीसँग भौतिक दूरी कायम गरी काउन्टर खोल्न आग्रह गरिएको छ । उता बैंकहरुले बैन्किङ कारोबार भने गर्दै आयेका थिए ।

माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक भानुभक्त अधिकारीका अनुसार पर्सामा स्थापित बैंकहरुले हप्ताको २-३ दिन बैंक खोलेर सेवाग्राहीलाई सेवा दिदै आएकै थिय, अब पनि मिलाएर सेवा दिनेनै छौ तर सधैं खोल्नका लागि भने नगद ,यातायात, स्वास्थ सुरक्षा तथा कर्मचारी ब्यबस्थापन गर्नु चुनौतीपूर्ण छन् । अधिकारीले भने ” हामी सबै बैंकका शाखा प्रमुख बिच कुराकानी हुँदै छ, आफ्नो उपल्लो निकाय सङ पनि सल्लाह हुँदै छ, सधै खोल्न कठिन होला तर नगरबासिले सेवा पाउने गरि नगरपलिका सङ समेत समन्वय गरि शाखा कार्यालय खोल्ने ब्यबस्था हामी गर्छौ”।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने