काठमाडौं, २५ असोज :
पछिल्लो २४ घण्टामा ४४ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप २९ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या पाँच सय ७५ जनामा झरेको छ ।





