कोरोनाको ठुलो प्रभाव पोल्ट्रि ब्यबसायमा, धरासायी हुने अवस्था

चैत्र २३, चितवन ।

कोरोना भाइरस (COVID -19) को बिश्वब्यापी रूपमा बढ्दाे संक्रमण सङै बिश्वको अर्थतन्त्रमै मन्दी आउने बिश्वलेशण गर्न थालिएको छ, यसबाट नेपाल पनि अछुतो रहन पक्कै सक्दैन, तेसैले बेलैमा यसबारेमा सचेत हुन जरुरी छ । नेपाल कृषिप्रधान देश तेसमा पनि मेरुदण्डको रूपमा हेरिने पोल्टृि व्यावसाय त झन् शिथिल अवस्थामा पुगेको जानकारहरु बताउछन् । कोरोनाको प्रभावले देशको पोल्टृि व्यावसाय कस्तो अवस्थामा छ त : कोरोनाको प्रभाव कस्तो देखिदैछ कुखुरा पालन ब्यबसायमा ? कोरोनाको असर कुखुरा पालन ब्यबसायमा ठुलो छ, लगभग ९०% को हाराहारीमा ब्यबसाय धरासायी हुने अवस्था छ, यो भनेको भयावह अवस्था हो, येसले किसान र राज्यलाई समेत हानी पुर्यायको छ । येहि अवस्था रह्यो भने लगभग समाप्तिको अवस्था भन्ने बुझ्नुस ।

दाना तथा औसधिको अभावमा लगभग १००० रुपैयाँ सम्म खर्च भएका कुखुरा गाड्नुपर्ने अवस्था छ, कोहि किसान् ५० – १०० रुपैयाँमा बेच्न बाद्य छन् । समग्रमा ३० देखि ४० अर्बको नोक्सान भयेको छ । हालको प्रमुख चुनौतीहरु के के हुन? हालको प्रमुख चुनौती तथा समस्या भनेकै उत्पादित कुखुराजन्य बस्तुहरुको वितरण, दाना तथा औसधि लगायतका सामाग्रीको ब्यबस्थापन चुनौतीपूर्ण छन। साथै बिगत केही महिना पहिला देखिनै येसको नकारात्मक प्रभाव येस छेत्रमा रहेकोले कृषकहरुको मनोबल समेत उच्च छैन । नेपाल सरकार लगायत विभिन्न मिडियाले पनि कोरोना भाइरसबाट बच्ने उपायहरु सुझाउदा मासु तथा अन्डा राम्ररी पकाएर मात्र खानु भन्ने सन्देश गरिरहेकाले उपभोक्ता हरुमा भ्रम पैदा भै साच्चै मासु तथा अन्डा बाट पनि कोरोना सर्छ कि भन्ने भ्रम पैदा गरेको छ र उत्पादित बस्तुहरुको पनि उपभोग कम भयेको छ ।

आर्कोतर्फबाट किसानले उत्पादन गरेको मासु तथा अन्डा वितरक मार्फत बिक्रि वितरण गर्नु पर्ने भएकालेे बिचौलिया हरुले बस्तुको मुल्य निर्धारण गर्ने र तेस्ले किसान र उपभोक्ता भन्दा पनि बिक्रि वितरण सहज बनाउनेहरु लाई नै फाइदा भइ रहेकोे छ, त्यो ब्यबस्थापन गर्नु पनि चुनौतीपूर्ण छ । यो अवस्थामा तुरुन्तै यो समस्या सामधान गर्ने उपाय के हुन सक्छन् ? राज्यस्तरमै तुरुन्तै कृसकको मनोबल उच्चहुने खाले राहतको घोषणा गर्नुपर्यो, वितरण सहज गर्नुपर्यो । लकडाउनको समयमा प्रोटिन युत्त अन्डा तथा मासुलाइ पनि अतिआव्स्यक बस्तुको सुचिमा राखि बिक्रीवितरण सहज बनाउनुपर्छ ।

दाना उत्पादनमा आवश्यक पर्ने कच्चापदार्थ, औसधि लगायत कुखुरा पालन व्यावसाय संघ सम्बन्धित सम्पुर्ण सामाग्रीहरुको आपूर्ति सहज हुनुपर्यो, ब्याज मिनाहा तथा थप अनुदानको व्यवस्ता गर्नुपर्ने हुन्छ । येदि येस्तो हुन सकेन भने करिबकरिब १ बर्ष अन्डा तथा मासु जन्य बस्तुहरु आयात गर्नुपर्ने हुन सक्छ, येस्ले मुल्यबृद्धी हुनको साथै बेरोजगार समेत वृद्धि हुन्छ ।

पोल्ट्रि ब्यबसायलाई नजिकबाट नियाली रहनु भएका बैंकर तथा माछापुच्छ्रे बैंक पर्सा शाखाका प्रबन्धक भानुभक्त अधिकरी, नेपाल अन्डा उत्पादक संघका केन्द्रिय उपाध्यक्ष तथा अनुगमन समितिको अध्यक्ष किरण वलि, तथा केही कृषकहरु सङ्को कुराकानी आधारित लेख ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी