सफाइ पाइसकेका बिक्रम पाण्डेको उम्मेदवारी फिर्ता गर्न रिट दिनु जनता भ्रमित पार्ने खेल : राप्रपा

२७ असोज, काठमाण्डौ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेको उम्मेदवारी फिर्ता हुनुपर्ने भन्दै रिट दाएर गरिएको प्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतबाट गत असार ६ गते नै निरुपण भइ सफाइ पाइसकेको मुद्धालाई लिएर अधिबक्ता अनिल आचार्यले रिट हाल्नु आफैमा अर्थहिन रहेको बताइएको छ ।

“वरिष्ठ उपाध्यक्ष पाण्डेलाइ अदालतले सफाइ दिइसकेको र राजनितिक हक उपभोग गर्न कानुनले निषेध नगरेको अवस्थामा निर्वाचनमा होमिएको उम्मेदवारलाई दोषी करार गरि भ्रम सृजना गरिनु आपत्तिजनक छ, यो पुर्वाग्रही सोचको उपज मात्र हो ।” पार्टीका प्रबक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – “यस सम्बन्धमा आज केही सन्चार माध्यममा समेत समाचार सम्प्रेषित भएको पाइएको छ । बिषयको गम्भिर्यता, यसबाट उम्मेदवारमा पर्न सक्ने क्षति र मतदातामा समेत भ्रम सिर्जना हुने भएकाले सत्यतथ्य समाचार सम्प्रेषणका लागि अनुरोध गर्दछौ ।”

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव