प्रदेश सभा उमेदवार विष्टद्वारा चुनाबी अभियान तिव्र

रविना पौडेल
चितवन, २७ असाेज :
चितवन क्षेत्र न. ३ ख का प्रदेश सभाको उमेदवार सरस्वती विष्टले चुनावि अभियान अन्तर्गत आज माडी पुगेर पुष्प मदन बाटिकामा माल्यार्पण गर्नु भएकाे छ। उहाँ सगैं समानुपातिक तर्फमा उमेदवार हरि सापकोटा ले पुष्पलाल श्रेष्ठ र मदन भण्डारीकाे शालिकमा माल्यार्पण गर्नु भएकाे हाे।

माल्यार्पण गर्दै विष्टले पुष्पलाल र मदन भण्डारीले देखाएकाे बाटाेमा आफू हिड्ने बताउनुभएको छ। देशलाई सुखि नेपाली र समृद्ध नेपाल अभियानमा नेतृत्वले दिएकाे जिम्मेवारी पूरा गर्ने र जनतालाई निराश नगर्ने बताउनुभएको छ। उहाँले “मंसीर ४ मा जनताले असल र विकासवादी नेतृत्व चुन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।”

उहाँहरु बादरमुढे समेत पुगेर बादरमुढे घटनामा ज्यान गुमाउने शहिदहरुलाई सम्झिएर दिप प्रज्वलन समेत गर्नुभएको छ। दिप प्रज्वलन गर्दै विष्ट र सापकोटाले बादरमुढे घटनामा घाइतेलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। २३ वर्ष प्रधान पञ्च चलाउनुभएकाे केवल चाैधरी, माडीका पुराना समाजसेवी धनेश्वर चाैधरी, पुरानाे कम्युनिस्ट नेता रामलखन चाैधरी लगायत जेष्ठ नागरिकहरुलाई भेटेर आशिर्वाद लिनुभएकाे छ।

माडीमै रहेको आयोध्या धाम, त्रिवेणी धाम, गाेद्वक पुगेर पुजा पनि गर्नुभएको छ। कार्यक्रममा नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य पार्वती रावल, यम बहादुर परियार इन्द्रजित, नेकपा एमाले चितवन क्षेन. ३ का अध्यक्ष श्याम विष्ट, माडिका मेयर ताराकाजी कुमारी महत्तो, माडीको सचिव श्री प्रसाद दवाडी लगायत माडीका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।  रविना पौडेल

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव