क्लिनिक नेपाल मेघौलीद्वारा वडाको समन्वयमा विपन्न थप ३८ परिवारलाई राहत

मेघौली, २३ चैत्र ।

पश्चिम चितवनको मेघौलीमा अवस्थित क्लिनिक नेपालद्वारा भरतपुरको वडा नम्बर २७ र २८ मा दोस्रो चरण अन्तरगत आज आईतबार राहत वितरण गरिएको छ । दुवै वडा कार्यालयको समन्वयमा ज्याला, मजदुरी गरेर जिवन निर्वाह गर्दै आईरहेका ३८ परिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरिएको क्लिनिक नेपालका सुमन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि पहिलो चरणमा वडा नम्बर २७ का विपन्न ८२ परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको थियो ।

यसपटक साविक मेघौली गाविस अन्तरगत पर्ने दुवै वडाका १९÷१९ परिवार लाभान्वित भएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस र यससाथै गरिएको लकडाउनले हाल दैनिक मजदुरी गरि घर परिवार चलाउँदै आएका लाखौं नेपाली प्रत्यक्ष मारमा परेका छन् । जुनसुकै आपत विपतको समयमा पनि क्लिनिक नेपाल मेघौली त्यस क्षेत्रका स्थानीयहरुको साथमा रहने गरेको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी