चितवन क्षेत्र नम्बर ३ को गठबन्धनको कार्यालय गितानगरमा

चितवन, १ कात्तिक :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङले मंसिर ४ गते हुने निर्वाचनमा ५ दलिय गठबन्धनका सबै उमेदबार निर्वाचित हुने दावी गर्नुभएको छ । ५ दलिय गठबन्धन क्षेत्र नम्बर ३ काे क्षेत्रीय कार्यालय गितानगरमा उद्घाटन गर्दै उहाँले स्वार्थ समूहमा नलागि लाेकतान्त्रिक- बाम गठबन्धनमा एकताबद्ध हुन नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयाे।

उहाँलेे कांग्रेसले परिवर्तनको नेतृत्व लिने बताउनुभयाे। हिजोकाे परिस्थितिले नै अहिलेकाे गठबन्धन बनाउनु परेको मर्म बुझ्न सम्पूर्ण नेताहरूलाई उहाँकाे आग्रह थियोे । चुनावी सभालाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका पाेलिट्ब्युराे सदस्य सुर्य सुवेदी (पथिक)ले ईतिहासका विभिन्न कालखण्डमा राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गराए ।

शिर्ष तहमा भएको समझदारीलाई कार्यान्वयन गराउनुपर्ने बताउनुभयाे। माओवादी नेता पथिकले परिवर्तनकारी युवा नेतृत्वलाई निर्वाचित गराउन जनतासँग अपिल गर्नुभयाे। प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उमेदवार डा. भाेजराज अधिकारीले चितवनकै विकास र समृद्धिका लागि गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयाे। ६ ‘स’ काे एजेन्डा प्रस्तुत गर्दै उहाले यहाँका जनताको जीबिकाेपार्जनमा सहज हुने निति बनाउने बताउनुभयाे। स्वास्थ, शिक्षा, स्वराेजगार, सामाजिक सुरक्षा, सेवा र सडक सञ्जाल मार्फत अघि बढ्ने उनलेे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

जनताको दुख सुखमा सधैं साथमा रहने उनको उद्घाेष थियो । गठबन्धनका अन्य नेताहरूले जित नजिक रहेको बताएका छन् ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव