चितवन ३ मा डा. भाेजराज जिताउन युवाहरू सक्रिय

 भरतपुर, ८ कार्तिक :

विशेष अभियान मार्फत डा. भाेजराज जिताउन भरतपुरका युवाहरू सक्रिय भएका छन् । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका साझा उमेदवार युवा नै भएकोले पनि युवाहरू अभियान मार्फत क्रियाशील भएका हुन् ।

भरतपुर ६ गितानगरमा बाम लाेकतान्त्रिक गठबन्धनका युवाहरूले एकिकृत कार्यक्रम गरेरै अभियान अघि बढाउने बताएका छन् । गठबन्धनलाई विजय बनाए समृद्ध चितवनका लागि सहयोग पुग्ने उनीहरूकाे अपेक्षा छ । साेही चुनाव केन्द्रीकृत युवाहरूको सभालाई सम्बाेधन गर्दै वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले अग्रगमनको पक्षमा उभिन अपिल गरेका छन् ।

युवा उमेरमा देखिने समस्या सम्बाेधन आफु जनप्रतिनिधि हुनुपर्ने उनलेे बताए ।

जनताले खाेजेकाे युवा भएकोले पनि युवाहरूको साथ र सहयोग रहने उनको अपेक्षा छ । आफुसँग विचार रहेको उल्लेख गर्दै डा. भाेजराजले चिकित्सा सेवाबाट विस्तार हुन खाेजेकाे बताए । युवाका लागि स्वास्थ र शिक्षाका एजेन्डा प्राथमिकतामा रहने उनको भनाई छ । डा. अधिकारीले विदेशिने शिक्षालाई विस्थापित गरि स्वदेशममै रहने निति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव