चितवनमा खुकुरी प्रहार गरी एक जनाकाे हत्या

चितवन, १२ कार्तिक :

खुकुरी प्रहारबाट चितवनकाे माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो। नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।-रासस

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव