माडी, १२ कार्तिक ।
माडी क्षेत्रका जनताले गठबन्धनलाई निर्वाचित गराउने
स्थानीय नेताकार्यकर्ताले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एकअर्कालाई पुर्ण विश्वास गर्दै गठबन्धनमाथि प्रतिफल प्राप्त हुने उनीहरूले बताएका छन् । निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस माडीका सभापति कमल भुषालले गठबन्धनका उमेदवार नै कांग्रेसको उमेदवार भएकोले कुनै भ्रममा नलाग्न सम्पूर्णमा अाग्रह गरेका छन् । अहिलेकाे अावश्यकताले गठबन्धन निर्माण भएको कुरा जनतालाई बुझाईने उनलेे बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ एवं रेनु दाहालले
सबैकाे सम्मान हुने गरि गठबन्धन अघि बढेको बताएकी छन् । त्यसकारण गठबन्धनको व्यवहारिकता र मर्मलाई बुझिदिन उनको अाग्रह छ । सबैकाे साझा, याेग्य, दक्ष, ईमान्दार र युवा उमेदवार डा. भाेजराज प्रस्तुत गरिएकाले निर्वाचित गरिदिन जनतासँग रेनुकाे अपिल छ । अब निर्वाचित हुने जनप्रतिनिधिले नै माडीको थप विकासका लागि पहल गर्ने उनको विश्वास छ । यस्तै, नेकपा एकिकृत समाजवादीका नेता नारादमणि पाैडेले डा. भाेजराजकाे विजय निश्चित रहेको बताएका छन् । उनलेे गठबन्धनका विरूद्व कुनै प्रतिस्पर्धी नै नरहेको बताएका छन् । युवा डा. भाेजराज र परिपक्व ठाकुर ढकाल विजयकाे घाेषणा गर्न मात्रै बाकी रहेको उनलेे बताए ।
यस्तै नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्याैपानेले जनताको बलिदानबाट प्राप्त गरेको उपलब्धिकाे रक्षाका लागि गठबन्धन अघि बढेको बताएका छन् । साे कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे प्रतिगमन विरूद्वकाे लडाइँमा एकताबद्ध हुन अाग्रह गरेका छन् । अहिलेकाे निर्वाचन लाेकतान्त्रिक बाम गठबन्धनको परीक्षा भएको उल्लेख गर्दै उनलेे अाफ्ना उमेदवारलाई विजय गराएर उत्तीर्ण गराईदिन अपिल गरेका छन् ।चितवन निर्वाचन क्षेत्र नम्बर ३ (ख) अन्तर्गत गठबन्धनको प्रदेश कार्यालय माडीको बसन्तपुरमा उद्घाटन भएको छ । माडी नगरपालिका भुगाेल समेटिने गरि कार्यालय सञ्चालनमा अाएकाे हाे ।यसअघि पटिहानीमा ३ (ख) कै सचिवालय रहेको छ । अाज नै माडी नगरपालिका अन्तर्गत विभिन्न वडामा गठबन्धनको सचिवालय उद्घाटन भएका छन् ।
लाेकतान्त्रिक- बाम गठबन्धनबाट प्रतिनिधिसभा चितवन ३ मा माओवादी केन्द्रका डा. भाेजराज अधिकारी र ३ (ख) प्रदेशमा ठाकुर ढकाल चुनावी मैदानमा छन् ।





