गठबन्धनको प्रदेश ३ (ख) काे कार्यालय पटिहानीमा उद्घाटन

भरतपुर, १२ कार्तिक ।
५ दलिय गठबन्धनको चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (ख) कार्यालय पटिहानीमा उद्घाटन भएको छ । साे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै चितवन ३ प्रतिनिधिसभा सदस्य उमेदवार डा. भाेजराज अधिकारीले पश्चिम चितवनको विकास र समृद्धिका लागि अाफुलाई निर्वाचित गरिदिन जनतासँग अनुराेध गरेका छन् ।यहाँका जनताले दलगत भावनामा मात्र नहेरि साझा प्रतिनिधिकाे रूपमा बुझिदिन उनलेे अाग्रह गरेका छन् ।यहाँको संकटसँग खाईखेलेकाे हिसाबले यहाँको समस्या सम्बाेधन गर्न अाफुले मतदान गर्ने उनलेे विश्वास व्यक्त गरेका छन् ।

पटिहानीमा राप्ती नदि र जंगली जनावरबाट हुने समस्या हल गर्न विशेष याेजना ल्याउने डा. भाेजराजले बताए । सुकुम्बासी समस्याको दिगो समाधान देखि पर्यटन र खेलकुद क्षेत्रकाे विकासका लागि पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

लालपुर्जा वितरणका लागि बाँकी प्रक्रिया पुरा गर्न मंसिर ५ पछि पहल गर्ने प्रदेश ख गठबन्धनका उमेदवार ठाकुर प्रसाद ढकालले बताएका छन् । अाफु माओवादीकाे मात्रै उमेदवार नभएको बताएका उनलेे गठबन्धनको साझा उमेदवार भएको बताए । अाज नै ३ (ख) अन्तर्गत माडीमा समेत निर्वाचन परिचालन कार्यालय उद्घाटन हुदैछ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव