संरक्षणकर्मी भूर्तेल दोश्रो पटक मतदाताको घर दैलोमा

रामशरण गैरे
भरतपुर, १६ कार्तिक : वन र वन्जयन्तु संरक्षणमा लामो समय विताएका संरक्षणकर्मी कृष्णप्रसाद भूर्तेल दोश्रो पटक मतदाताको घर दैलोमा आएकाछन।

चितवन क्षेत्र ३ प्रदेश (क)मा नेकपा एमालेबाट दोश्रो पटक उम्मेदवार बनेका भूर्तेल आफ्नो योजनाहरुसहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाटमा लागेका हुन।

विहीबार देखी उनले घरदैलो कार्यक्रम शुरू गर्दैछन।यस अघी उनले क्षेत्र नै ३ क भित्र पर्ने माहानगर अर्न्तगतका सबे वडाहरूमा वडा भेला गरेर चुनाब प्रचार प्रसार समिती तथा अन्य समितीहरू गठन तथा सर्म्पक कार्यलयहरू स्थापना गरीसकेकाछन।

विगतमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती उप भोक्ता समितीका अध्यक्ष, काउन्सीलका अध्यक्ष तथा सामुदायिक बनको अध्यक्ष समेत रहेर जनताका विचमा रहेर खारिएका भुर्तेल परिपक्क र लोकप्रिय नेता मानिन्छन।

नेपाल सरकारको स्थायी शिक्षकको पदबाट राजीनामा दिदै पार्टी निर्देशन बमोजिम २०५४ सालमा तत्कालिन मेघौली गाबिस अध्यक्षको पदमा उम्मेद्वार भइ अत्यधिक बहुमतले बिजयी हुँदै अघि बढेको राजनितिक यात्रामा पार्टीका विभिन्न जिम्मेवारीहरु सम्हाल्दै हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छन।

उनले विशेष गरी जनताको सुरक्षाको लागि नारायणी नदीमा तटवन्धन, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी बसोबासको व्यवस्था, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नति, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थलहरुको संरक्षण र सम्बद्र्धन लगायतका योजनाहरु सहित मतदाताहरुमाझ पुगेर सल्लाह सुझाव लिएका छन ।

भरतपुर–२० चनौलीका स्थानीय ओम लामिछानेले सांसद भुर्तेल प्रदेश सांसद भएपछि पश्चिम चितवनका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताए । उनले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको बताए ।
विद्यालयको भवन निर्माण, सडक कालोपत्रे, पुल निर्माण, मठमन्दिर संरक्षण, कृषि तथा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमहरुमा उनले जोड दिएका थिए ।

उनको पहलमा प्रदेश सरकारबाट नारायणी नदी तटवन्धन,विपद ब्यबस्थापनका लागि र भरतपुर २७ र २८ को तिनकुले बाध तथा कुलो निर्माण, राधास्वामी सिंचाइ कुलो मर्मत, पर्शाढाप सिंचाइ कुलो निर्माणको लागि पनी उधोग, पर्यटन वन तथा बाताबरण मन्त्रालयको भु–तथा जलधार संरक्षण कार्यक्रम अन्तरगत बजेट बिनियोजन भएको भरतपुर–१८ मिलन चोकका टुकमान गुरूङ वताउछन।

जनताका समस्याहरु बुझेर जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएका बागमती प्रदेशका निवर्तमान सांसद् भूर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क)मा निर्वाचित भएपछी उनको सकृयतामा चितवन ३ (क) मा पाँच वर्षमा धेरै बिकास निर्माणका काम भएको वताउछन।

विद्यालयको भवन निर्माण, सडक कालोपत्रे, पुल निर्माण, मठमन्दिर संरक्षण, कृषि तथा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमहरुमा उनले जोड दिएका थिए ।

आर्थिक वर्ष २०७८÷७९ का लागि मात्र ३३ करोडभन्दा बढी रकम विनियोजन गरेको प्रदेश सांसद् भूर्तेलले पर्यटकीय पूर्वाधार विकासका निम्ति भरतपुर–२७, मेघौलीमा निर्माणाधीन राइनो पार्क, भरतपुर–१६ मा गरिमा हरियाली पार्क, भरतपुर–२६ सिसहीमा थारु सङ्ग्रहालय भवन निर्माण, भरतपुर–२७ सिमसार ताल व्यवस्थापन मचान निर्माण तथा भरतपुर–२८ एकीकृत कुमाल नमुना बस्ती कृषि पर्यटन कार्यक्रम अघीबढेको जानकारी दिए । बाटो, पुल,स्कुलका निर्माण त धेरै भएका छन बाकी हुने क्रममा रहेको उनको भनाइ छ।

भौतिक पुर्बाधारको विकासमा पश्चिम चितवनको सम्भाबना र समस्याको रूपमा रहेको नारायणी नदिको तटबन्ध तत्कालै नगर्ने हो, भने हामिले गरेको अरु बिकासले खरबौ जनधनको सुरक्षा नहुने उनी वताउछन, अरु थप नारायणी गोलघाटको पुल निर्माण तथा मेघौली एयरपोर्ट बिस्तार सहित कालोपत्रे गर्नमा विशेष पहलरहने उनी वताउछन।

चितवनको भरतपुर महानगरपालिकाको वडा नं. ९ गोन्द्राङदेखि मेघौलीसम्म १२ वटा वडा मात्र उनको निर्वाचन क्षेत्र हो ।उनी मार्फत आएको रकम भरतपुर महानगरपालिकाको कार्यलयबाट जाने गरेको छ । विकासका योजना तथा कार्यक्रमको महानगर र प्राविधिक कार्यालयले अनुगमन तथा निगरानी गर्ने काम गर्दछ ।

आफ्नो निर्वाचन क्षेत्रमात्र नभएर समग्र चिवनको भूगोल, वासिन्दाहरुको अवस्था, मुख्य समस्याहरुका विषयमा गहन अध्ययन गरेका भूर्तेलले समृद्ध नेपाल सुखी नेपाली बनाउने महान अभियान पूरा गर्नको लागि देशमा नेकपा (एमाले) को नेतृत्व आवश्यक रहेकोले अत्यधिक मतले नेकपा एमालेले अगाडि बढाएका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव