१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं, १७ कार्तिक :

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

मङ्गलवार भएको उद्घाटन खेलमा आयोजक बङ्लादेशले भुटानलाई ८–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् । टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उनको भनाइ छ ।

च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिवार ढाका पुगेको थियो । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल र भुटान गरी ३ देश सहभागी छन् । नेपालले पर्सि १९ गते आयोजक बङ्लादेशसँग खेल्नेछ । त्यसपछि नेपालले कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बङ्लादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय