“हस्त निर्मित औजार हाम्रा पहिचान हुन्” :- विक्रम पाण्डे

चितवन, १८ कार्तिक  :

पूर्वमन्त्री एवम्ं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले आज भरतपुर १६ मा आयोजित एकादेशी मेलामा प्रर्दशनमा राखिएको हस्त निर्मित औजारको अवलोकन गर्नुभएको छ ।

त्यहाँका दलित जातीले बनाएका हस्त निर्मित औजारको अवलोकन गर्दै पाण्डेले भन्नुभयो “ यी कुटो, कोदालो, हंसिया र चिम्टा हाम्रै दैनिक जीवनका लागि अत्यन्तै उपयोगी औजार मात्रै होइन पहिचान पनि हुन् ।” चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहनुभएका पाण्डेले यस्ता मौलिक पहिचान झल्काउने सामाग्रीको संरक्षणमा आफु संधै लागिरहने समेत बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव