म पृथ्वीनारायण शाहको पथमा छु : पुर्वमन्त्री पाण्डे

चितवन, १९ कार्तिक चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले आफू र राष्ट्रिय प्रजातन्त्र पार्टी पृथ्वीनारायण शाहको पथमा हिँडेको बताएका छन्। भरतपर महानगरपालिका वडा नं। २० माइलीचोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले पृथ्वीनारायण शाहले देशले जस्तै देश विकास गर्ने योजनासहित चितवन–३ बाट चुनावी मैदानमा आएको बताएका हुन्।

देशमा भएका उद्योगधन्दा पनि बन्द गरेर युवालाई विदेश पठाउने परम्पराको विकास राजनैतिक दलबाटै भएको हुँदा भएका उद्योग सञ्चालन गर्ने, आवश्यक परेका ठाउँमा नयाँ उद्योग खोल्ने र युवालाई देशभित्रै रोक्ने उद्देश्यका लागि पनि आफूलाई जिताउन उनले आग्रह गरे। देशमा भएका उद्योगधन्दा बन्द गरेर दक्ष युवा जनशक्तिलाई विदेश पठाएर कुनै पनि हालतमा देश विकास नहुने उनको भनाइ छ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव