विकासका लागि म तयार छु : विक्रम पाण्डे

चितवन, १९ कार्तिक : प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं.३ का उम्मेदवार विक्रम पाण्डेले २०७४ सालमा आफूले निर्वाचन हार्दा चितवन–३ को विकास पाँच वर्ष पछि धकेलिएको बताउनुभएको छ । भरतपुर–२५ शोशीमा चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले भन्नुभयो “पाँच वर्षभित्र धेरै हुन्थ्यो । तर, गणितीय संख्याले काम गर्न दिएन ।”

अब पनि विकासको लागि आफू तयार भएर आएकोले विकासवादी नेतालाई जिताइदिन उनले आग्रह गरे । जनताको सानो समस्यामा पनि आफू कम्मर कसेर लागेकोले अबको नेतृत्व चुन्ने जिम्मा मतदाताकै हातमा रहेको उनको भनाइ छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव