शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफको शानदार जित

काठमाडौं, २७ माघ :

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल सुरु भएका छन् । १२ औं चरणको पहिलो खेलमा सशष्त्र प्रहरीको एपीएफ टिमले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई ५–२ ले हराउँदै एपिएफले रेलीगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २–२ गोल गर्दा कप्तान टोप बहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । जारी लिगमा एपीएफको यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोड्दै पुछारको सरस्वती युथ क्लबमाथि दबाब बनाएको छ ।

सरस्वतीले अब रलिगेशनबाट जोगिन बाँकी दुबै खेल जित्नुपर्नेछ भने एपिएफले आफ्नो अन्तिम खेल हार्नुपर्नेछ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी