विश्वभर कोरोनाका कारण ११ नेपालीको मृत्यु, एकसय बढी संक्रमित

२७ चैत, २०७६ काठमाडौं ।

कोभिड–१९ का कारण हालसम्म विभिन्न मुलुकमा ११ नेपालीको मृत्यु भएको छ । अमेरिकामा पाँच, बेलायतमा पांच र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ ।

साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ । उता, कुवेतको तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा कुल संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । त्यहाँ झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै