प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता, कोरोनाविरुद्धको सहकार्य थप बलियो बनाईने

चैत २८, काठमाण्डौ:

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शुक्रबार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभयो ।

संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै