त्रिविद्धारा आगामी बैशाख र जेष्ठमा सञ्चालन हुने सम्पुर्ण परीक्षा स्थगित

२८ चैत, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गरेको छ । विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको हिजो बसेको बैठकले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय तर्फका वीएस्सी, बीबी एस र बीएड चौथो वर्षका नियमित तथा आशिंक परीक्षा स्थगित गरेको हो ।

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पूरा तथा आंिशक परीक्षा समेत स्थगित भएको त्रिविले जनाएको छ । कोरोना भाइरसका कारण विश्वको वर्तमान परिस्थितिलाई मध्य नजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा