पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षण नतिजा सबै ‘नेगेटिभ’

काठमाडौं, चैत २८ ।

स्वास्थ्य तथा जनसंख्या ‘आरडीटी’ प्रविधिबाट हालसम्म परीक्षण गरिएकामध्ये कोही व्यक्तिमा पनि कोरोना संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली, कञ्चनपुर, कपिलवस्तु र बागलुङमा हालसम्म गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको बताएका हुन् । जसमा कैलालीमा ३३९, कञ्चनपुरमा ३७ , कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा परीक्षण गरिएको ६३० जनाको नतिजासमेत नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए । यस्तै, डडेलधुरामा १९९, बैतडीमा ४२५ र कर्णालीमा ७५ जनाको नमुना अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए । शुक्रबार कोशी अञ्चल अस्पतालबाट समेत परीक्षण सुरु गरिएको भन्दै अब काठमाडौंसहित देशका ११ स्थानबाट परीक्षण भइरहेको जानकारी उनले दिए ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक नकाट्ने भन्दै डा. देवकोटाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । उनले सेवाबाट वाहिर रहेका र निवृत्त भएकाहरुलाई पनि उपचारमा आउन आग्रह गरेको र छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई उपचारमा खटाउन पत्रचार गर्ने तयारी भइरहेको जानकारी दिए । यस्तै, हालसम्म तीन हजार ५२४ जनाको स्वास्थ्य परीक्षण भइसकेको र देशभर ११५ जना ‘आइसोलेसन’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा