सञ्चयकोषद्धारा कर्जाको ब्याजमा छुट

काठमाडौँ, २८ चैत :

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ । कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी दिएको छ ।

त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड–२०१९ को सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत रु दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

(रासस)

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी