बुधबारसम्मकाे अवस्था हेरेर ‘लकडाउन’ बारे निर्णय गर्छाैँ : प्रधानमन्त्री ओली

बैशाख १, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बुधबारसम्म लकडाउन गर्ने यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताउनुभएको हो ।

लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उहाँले सङ्केत गर्नुभएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि उहाँले बताउनुभयो । यस्तै उहाँले कोरोना नभएका व्यक्तिलाई जोगिने शक्ति तथा सङ्क्रमण भएकाले निको होस् भन्ने कामना पनि गर्नुभएको छ । कोरोना रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार नभएकाले लकडाउन पालना गर्नु नै बच्ने एकमात्र उपाय भएको उहाँको भनाइ छ ।

विश्वका विभिन्न देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १७ लाखभन्दा धेरै सङ्क्रमित भएको अवस्थामा नेपालमा प्रति १० लाख शून्य दशमलव ३ प्रतिशतमा मात्रै सङ्क्रमण हुनु लकडाउनका कारण मात्र सम्भव भएको प्रधानमन्त्री ओलीको दाबी छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने