बेलायती प्रधानमन्त्री जाेनसनलाई काेराेना निकाे भयो

बैशाख २, काठमाण्डाै:

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई काेराेना भाइरस (कोभिड १९) निको भएको छ । उहाँको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएकाे बीबीसीले बताएकाे छ । प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहनुभएको छ । सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उहाँलाई चेकर्स लगिएको खबरमा बताइएकाे छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो । बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा