खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

काठमाडौं, बैशाख २ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए ।

तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन् । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलो पटक फेला परेको कोभिड–१९ का कारण करिब १ लाख २० हजारको मृत्यु भएको छ भने । करिब २० लाख मानिस संक्रमित छन् । सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण अमेरिकामा हुँदा उत्पत्तिस्थल चीनले भने कोरानामाथि नियन्त्रण गरिएको जनाएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने