चितवनमा सर्बदलिय बैठक जारी, ११ बजे पछि मतगणना गर्ने तयारी

भरतपुर, ५ मङ्सिर ।
चितवनका राजनितिक दलहरु अहिले सर्बदलिय बैठकमा छन् । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने बारे सहमती जुटाउन बैठक बसेको हो । बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगाएतका दलका नेताहरु, उम्मेदवार र प्रतिनिधीहरु लगाएत सहभागी रहेको काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

उनका अनुसार अहिले बिहान ११ बजे पछि चितवनका तिनओटै निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने तयारी छ । सर्बदलिय बैठक निर्वाचन क्षेत्र अनुसार १, २ र ३ को क्रमश: खैरहनी, भरतपुर र रामपुरमा जारी छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव