मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, प्रतिनिधि सभामा गौचन विजयी

काठमाडौं, ५ मंसिर :

मुस्ताङमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका योगेश गौचन विजयी हुनुभएको भएको छ । एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याउनु भएको थियो । यसको आधिकारिक घोषणा भने भएको छैन ।

मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना शुरु हुँदैछ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव