गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारियो

काठमाडौं, १८ मंसिर :

नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ । आइतबार बिहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । तारले बेरिएको प्रेसर कुकर फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको हो ।

सेनाले निस्क्रिय बनाएको शंकास्पद वस्तु बम भने नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । बास्कोटाको घरमा उहाँ संचारमन्त्री रहेकै बेला २०७६ फागुनमा बम विष्फोट भएको थियो । हालै सम्पन्न निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभामा निर्वाचित बास्कोटा भने हाल काभ्रेमै रहनु भएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी