काठमाडौं, २६ मंसिर :
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (सोमबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ ।
त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा भने आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।





