चितवन , ९ बैशाख ।
चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले भरतपुर अस्पतालले नागरिककाे स्वास्थ्य उपचारमा हाल गरिरहेकाे ब्यवस्थापन बारे अाज जानकारी लिएको छ । समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल र सुरेश अधिकारीकाे टाेलीले अस्पतालका अध्यक्ष डा.भाेजराज अधिकारीसंग भेटि यस बिषयमा छलफल गरेकाे हाे । साे क्रममा समिति अध्यक्ष पाठकले अत्यावश्यकीय स्वास्थ्य उपचारबाट काेहि पनि नागरिक बन्चित हुन नपराेस् भनी अस्पतालकाे ध्यानाकर्षण गराउनुभयाे ।
बिकास समितिका अध्यक्ष डा.अधिकारीले नागरिकको अत्यावश्यकिय स्वास्थ्य उपचारमा अस्पताल संवेदनशील रहेकाे जनाउँदै काेभिड-१९ उपचार सेवा, अाकस्मिक उपचार सेवा, प्रसुति सेवा चलिरहेकाे प्रकाश पार्नुभयाे । अस्पतालमा अाउने अन्य बिरामीकाे सङ्ख्या घटेको तर्फ संकेत गर्दै अधिकारीले अाकस्मिक स्वास्थ्य समस्या परेका बिरामी निर्धक्कपुर्वक अस्पताल अाउन अपिल पनि गर्नुभयाे । काेराेना उपचारका लागि अत्यन्तै सतर्कता र उच्च साबधानि अपनाईएकाेले कुनै असहजता नमान्न उहाँको अाग्रह छ ।
भरतपुर अस्पताल र यसै अस्पतालबाट सञ्चालित काेराेना अस्पताल बाट काेभिड-१९ काे उपचार सेवा चलिरहेको उहाँले जानकारी दिनुभयो । ७० बेडमा काेराेना अस्पताल र ४१ बेडमा भरतपुर अस्पतालमा सेवा सञ्चालन रहेकाे उहाले बताउनुभयाे । अस्पताल बिकास समितिले ५० लाख रुपैयाँ सम्मकाे थप प्राविधिक सामाग्री खरिदकाे तयारी गरि निर्णय गरिएको पनि उहाले जानकारी दिनसभयाे । सरकारले श्रेणीगत रुपमा काेभिड-१९काे उपचार गर्न अस्पताल बिभाजन गरेकोमा तेश्राे अर्थात अति जाेखिम बिरामीको उपचार गर्ने अस्पताल पनि चितवनमा ताेकिदिन केन्द्रमा अाग्रह गरिएको अधिकारीले जानकारी दिनुभयाे ।
” चितवनमा अति जाेखिम बिरामीकाे उपचार गर्ने पनि क्षमता छ तर सरकारले निर्दिष्ट गरेन, हामीले यहाँका मेडिकल कलेज मध्ये एकलाई त्यस्तो ताेकिदिनु पर्याे भनेका छाैं” -अधिकारीले भन्नुभयो । भवितव्य परेमा जिल्लामा २५० बेड क्षमतामा अस्पतालहरु र त्यसको एकतिहाई भेन्टिलेटर सुविधा उपयाेग गर्न सकिने अवस्था रहेकाे उहाँले जानकारी दिनुभयाे ।