अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने : मौसमविद्

काठमाडौं, १५ बैशाख :

अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ । पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने